होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा नेत्री उमा भुजेल रिहा
देश/प्रदेश

नेकपा नेत्री उमा भुजेल रिहा

  • नागरिक रैबार
नेकपा नेत्री उमा भुजेल रिहा

काठमाडौँ । सर्वोच्च अदालतले गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा भएकी छन । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यस्तो आदेश दिएको थियो । नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरेर २ दिन वेपत्ता पारेपछि सप्तरी जिल्लास्थित कन्चनपुर इप्रकामा पु-याईएका उनीहरुलाई भारदहमा प्रहरीमाथि कर्तब्य पालना गर्न अवरोध गरेको झुठो आरोपमा अभद्र व्यवहारको मुद्धा दायर गरेको थियो । उनिहरुको रिटमा न्यायधीसहरु दीपककुमार कार्की र हरिकृष्ण कार्कीले फैसला गरेका थिए ।
बन्दीहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, चिरन्जिवि ढकाल, कान्तिराम ढुंगाना, चुडाबहादुर निरौला, राजु ढुंगाना, सन्तोष कोइराला र पंकजकुमार कर्णले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार