होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बिद्यालयमा बाढी पस्दा लाखौंको क्षती
समाज

बिद्यालयमा बाढी पस्दा लाखौंको क्षती

  • नागरिक रैबार
बिद्यालयमा बाढी पस्दा लाखौंको क्षती

राजेन्द्र बिक बाजुरा१६असार। बाजुराको बडिमालिका नगरपालिका वडा न.५मना स्थित कैलशेस्वरी माद्यामिक बिद्यालयमा बाढी पस्दा लाखौंको क्षति भएको छ।

बिहिबार र आइतबार आएको मुसलधारे पानीले बिद्यालयमा बाढी पसि १८लाखमा निर्माण भएको ४कोठे भवनको अगाडि पट्टीको पुरै भाग भांसि वाल फुटेको तथा अर्को तलतिर रहेको ४कोठे भवनमा समेत पुर्णरुपमा असर गरेको बिद्यालयका प्रधानाध्यापक लछिराम साउंदले बताए।बिद्यालयको भौतिक संरचना त क्षति गर्योनै अतिआवश्यक कागजात समेतमा क्षति पुर्याएकोले बिद्यालयले ठूलो क्षति ब्यहोरेको प्रधानाध्यापक साउंदले दुखेसो पोख्नुभएको छ।

बिद्यालयमा करिब १५लाख बराबरको क्षति भएको हुनसक्ने बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष रणबहादुर सांउदले बताएका छन्।

विज्ञापन

बर्षायाम मा अब बिद्यालय खुलेपनी बालबालिकालाइ कहाँ राख्ने भन्ने चिन्ता लागेको अध्यक्ष साउंदले भने।बाढिगएकै दिन प्रहरी मुचुल्का गरिसकिएको छ।

बालबालिकाको भबिश्य जोडिएको विषय भएकाले सरोकारवालाहरु संग आवश्यक सहयोगका लागि समन्वय गर्ने वडा अध्यक्ष बलबहादुर थापाले जानकारी दिएका छन्।भिरालो ठाउँमा बिद्यालय स्थान रहेकाले ग्याबिन तार सहितको ग्राउन्डको वाल उठाएर मात्र नंया भवन सम्भव रहेको छ भवन नबन्दा सम्म बिद्यालय खुल्ने बित्तिकै पठन पाठन हुने स्थिती नरहेको स्थानियले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार