होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवालाई दबाब दिन पौडेल पक्षका केन्द्रीय सदस्यहरुको सानेपामा भेला
समाचार

देउवालाई दबाब दिन पौडेल पक्षका केन्द्रीय सदस्यहरुको सानेपामा भेला

  • नागरिक रैबार
देउवालाई दबाब दिन पौडेल पक्षका केन्द्रीय सदस्यहरुको सानेपामा भेला

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दैछन् । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुसँग पार्टीको आन्तरिक गतिविधि र मुलुकको समसामयिक राजनीतिबारे छलफल गरिने वरिष्ठ नेता पौडेलले रातोपाटीलाई जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयनलाई तीव्रता दिएपछि आन्तरिक रणनीति बनाउन पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्यहसँग छलफल गर्न लागिएको बुझिएको छ ।
पौडेल पक्षको विरोधका बीच गत फागुन १६ गते १३ वटा र फागुन १९ गते ७ वटा गरी २० वटा विभाग गठन गरेका सभापति देउवाले यतिबेला पदाधिकारी र सदस्यको मनोनयन तीव्रता दिएपछि त्यसलाई रोक्ने रणनीति अख्तियार गर्न पौडेल पक्षले केन्द्रीय सदस्यको भेला गर्न लागेको हो ।

पार्टीका विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्थाको व्याख्य गर्दै पौडेल पक्ष उक्त विभाग गठनको निर्णय पनि खारेजी हुनुपर्ने पक्षमा उभिएको छ ।
साउन १ गते अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा भएको छलफलपछि पौडेल पक्षले विभाग गठनको विषयलाई मुद्दा बनाएको छ ।

विज्ञापन

साउन २ गते आचारसंहिताको व्यावहारिक अभ्यास र पार्टी विधानको परिच्छेद–१२ को दफा ६० को प्रावधानमा टेकेर पौडेल पक्षले देउवाका पछिल्ला सबै निर्णय खारेजीको माग राखी पार्टीको निर्वाचन समितिमा उजुरी दिएका थिए ।
उजुरीको सुनाइ नभएपछि पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्य छलफल गरी देउवालाई भेटेरै दबाब दिने भएको छ ।

केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार छलफलमा कार्यकाल सकिएको तरुण दल र साउन १६ मा कार्यकाल सकिने नेपाल विद्यार्थी संघको विषयमा समेत छलफल हुनेछ ।
साउन १० गतेबाट पार्टीको क्रियाशील वितरण सुरु भएकाले विधानविपरीत क्रियाशील सदस्यता वितरण सुरु गरिएको विषयमा छलफल हुनेछ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै