होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता
समाचार

कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता

  • नागरिक रैबार
कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता

१३ साउन, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् ।

बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘अहिले पनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले खोजी कार्य गर्नसमेत असहज भैरहेको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार