होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • उच्च मनोबलका साथ पार्टीका काम गर्न नेता रावलको निर्देशन
Breaking News

उच्च मनोबलका साथ पार्टीका काम गर्न नेता रावलको निर्देशन

  • नागरिक रैबार
उच्च मनोबलका साथ पार्टीका काम गर्न नेता रावलको निर्देशन

नागरिक रैबार/बाजुरा १२ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चि प्रदेश इन्चार्ज डाः भिम रावलले प्रचण्ड-माधव पक्षका कार्यकर्तालाई उच्च मनोवल र सक्रियताका साथ पार्टीका कामहरु अघि बढाउन निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठकले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न तथा पार्टीको एकतालाई कायम राख्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न महत्वपूणर् निणर्य गरेकोले सोही अनुसार उच्च मनोबल र सक्रियताका साथ पार्टीका काम संचालन गर्न सुदूरपश्चिम प्रदेशअन्तरगतका जिल्लाका नेता कार्यकर्तालाई निर्देशन गरेका हुन् ।

संविधान, लोकतन्त्र र नेपाल कम्युनिष्ट पार्टीको रक्षाका लागि तत्काल गर्नुपर्ने कामहरुको बारेमा शनिबार जानकारी गराउँदै नेता रावलले नेकपाका जिल्ला तहका नेता तथा कार्यकर्तालाई पुस १२ गतेदेखि जिल्ला कमिटीका विस्तारित बैठकहरु गर्न पनि निर्देशन दिएका हुन् ।

विज्ञापन

नेकपाका स्थायी समिति सदस्य समेत रहेका डाः रावलले हाम्रो पार्टीको पक्षमा जिल्ला कमिटीका अध्यक्ष नरहेको स्थानमा जिल्ला कमिटीका सचिवले बैठकको अध्यक्षता गर्ने, जिल्ला कमिटीका अध्यक्ष र सचिव पनि नरहेको स्थानमा कार्यालयका वरियतामा अगाडि रहेका सदस्यले बैठकको अध्यक्षता गर्ने र बैठक स्थान भएसम्म जिल्ला पार्टी कार्यालयमा गर्ने । बैठक गर्ने ठाउँ नभए अन्यत्र उपयुक्त स्थानमा गर्ने निर्देशन दिएका हुन् ।

त्यस्तै नेता रावलले पुस १४ को प्रतिनिधि सभा विघटनका विरुद्ध गरिने जुलुश प्रदर्शन र जनसभालाई प्रभावकारी बनाउन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

No description available.

संविधान, लोकतन्त्र र नेपाल कम्युनिष्ट पार्टीको रक्षाका लागि तत्काल गर्नुपर्ने कामहरु
प्रिय कमरेडहरु !
नेपालको संविधान, लोकतन्त्र र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिद्धान्त, नीति रविधान विपरीत पार्टी अध्यक्ष र प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि देश, जनता र पार्टीका सामु गम्भीर चुनौती उपस्थित भएकोछ ।

प्रतिनिधि सभा विघटनका साथै उहाँले पार्टी एकीकरणको घोषणा, पार्टी पंक्ति तथा जनताको चाहना र भावाना विपरीत पार्टी विभाजन जस्तो अपराधपूणर् कुकर्म गर्नुभएको छ । उहाँको यस्तो स्वेच्छाचारी र निरंकुश कार्य राष्ट्रिय हित, जनादेश र नेपाल कम्युनिष्ट पार्टीको समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका विरुद्ध छ ।

उहाँले देश, जनता र पार्टीप्रति विश्वासघात र गद्दारी गर्नुभएको छ । यसबाट हामी सबै मर्माहत र दुःखी छौं । तर चुनौतीको सामना र समस्याको समाधानमा दृढतापूर्वक उभिएर मात्रदेश, जनता र पार्टीको रक्षा गर्नसकिन्छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा),केन्द्रीय कमिटीको बठैकलेअत्याधिक बहुमतका साथ केपी शर्मा ओलीलाई अनुशासनको कार्वाई गरी केन्द्रीय कमिटीको अध्यक्षबाट हटाइसकेको छ ।

उहाँको स्वेच्छाचारी कार्यकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा र निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ । हाम्रो पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न तथा पार्टीको एकतालाई कायम राख्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न महत्वपूणर् निणर्य गरेको छ ।

यस सन्दर्भमा सुदूरपश्चिम प्रदेश कमिटीका सहइञ्चार्ज तथा जिल्ला इञ्चार्जका साथै अन्य जिम्मेवारीमा रहनुभएका सुदूरपश्चिम प्रदेशका केन्द्रीय कमिटीका सदस्यहरुसंगको परामर्श अनुरुप तत्काल गर्नुपर्ने निम्नलिखित कामहरु उच्च मनोबल र सक्रियताका साथ गर्नहुन हार्दिक आग्रह गर्दछु ।

१) यही पुष १२ गतेदेखि जिल्ला कमिटीका विस्तारित बैठकहरु गर्ने । बैठकमा निम्नानुसार पदाधिकारीहरुलाई आमन्त्रण गर्ने ः पार्टी केन्द्रीय निकायका हालका र पूर्व पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, नगर र गाउँपालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षहरु, जनसंगठन र पेशागत संगठनका केन्द्रीय पदाधिकारी/सदस्यहरु र जिल्लाका अध्यक्ष तथा सचिवहरु ।

२) हाम्रो पार्टीको पक्षमा जिल्ला कमिटीका अध्यक्ष नरहेको स्थानमा जिल्ला कमिटीका सचिवले बैठकको अध्यक्षता गर्ने, जिल्ला कमिटीका अध्यक्ष र सचिव पनि नरहेको स्थानमा कार्यालयका वरियतामा अगाडि रहको सदस्यले बैठकोअध्यक्षता गर्ने र बैठक स्थान भएसम्म जिल्ला पार्टी कार्यालयमा गर्ने । बैठक गर्ने ठाउँ नभए अन्यत्र उपयुक्त स्थानमा गर्ने ।

३) हाम्रो पार्टीको पकडमा कार्यालय नभएको स्थितिमा निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धीे निणर्ण नगर्दासम्म उपयुक्त स्थानमा सम्पर्क कार्यालय खोलेर काम सञ्चालन गर्ने ।

) विगतमा गुटगत पूर्वाग्रह राखेर अन्यायपूणर् किसिमले कार्वाई गरिएका कमिटीका सदस्यहरुको कार्वाई फुकुवा गरी कमिटीमा सामेल गर्ने ।

५) पार्टीको विभाजनमा लागेका कार्यकारी पदमा रहके ाहरुलाई अनुशासनको कार्वाइ गरी हटाउने र अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने ।

६) कार्यालय र त्यहाँका कागजातका साथै पार्टीको सम्पत्तिको संरक्षण र सुरक्षा गर्ने । ७) पार्टी छोडेर जानेहरुको व्यवस्थितरुपमा लिखित विवरण राख्ने ।

८) पुष १४ को प्रतिनिधि सभा विघटनका विरुद्ध गरिने जुलुश प्रदर्शन र जनसभालाई प्रभावकारी बनाउने । यस्तो कार्यक्रम सामान्यतया जिल्ला सदरमुकाममा गर्ने तर जिल्ला कमिटीले अन्य कुनै स्थानमा गर्दा बढी प्रभावकारी हुने देखेमा त्यस्तो स्थानमा पनि गर्नसक्ने ।
१०) सम्पूर्ण पार्टी पंक्तिलाई देश, जनता र पार्टीको रक्षाका लागि अग्रसर भएर लाग्न आव्हान गर्दै परिचालन गर्ने । यसका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चार माध्यम लगायत फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुको उपयोग गर्ने ।
हार्दिक अभिवादन सहित !
भीम रावल
स्थायी कमिटी सदस्य तथा इञ्चार्ज, सुदूरपश्चिम प्रदेश कमिटी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
मितिः २०७७।९।११

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार