होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाले रोजगारी गुमेपछि बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च
समाचार

कोरोनाले रोजगारी गुमेपछि बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च

  • नागरिक रैबार
कोरोनाले रोजगारी गुमेपछि बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च

कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरुमा काम गर्दै आएका पुरुषहरु कोरोनाका कारण रोजगारी गुमाएर घर आएपछि नदीका बालुवा तथा गिट्टीमा आश्रित भएका छन् ।

बिहान ६÷७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर रु तीन हजार, गिट्टी प्रतिट्र्याक्टर रु दुई हजार ५०० र ढुङ्गा रु एक हजार ३०० दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताए । भारतमा होटेलमा काम गर्दा मासिक भारु २० हजार कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उनले बताए ।

कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताए । उनले भने, “भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हुँ, घर खर्च चलाउनका लागि अहिले वालुवा गिट्टी बेच्ने गरेको छु ।” तीन÷चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक रु २५÷३० हजार आम्दानी गर्ने गरेको उहाँको भनाइ थियो ।

विज्ञापन

गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार