होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा अबैध ६२ पेटी मदिरा बरामद गरि नष्ट
Breaking News

बाजुरामा अबैध ६२ पेटी मदिरा बरामद गरि नष्ट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा अबैध ६२ पेटी मदिरा बरामद गरि नष्ट

नागरिक रैबार/बाजुरा १२ साउन। जिल्ला प्रहरी कार्यालय बाजुराले ठुलो मात्रामा अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । साउन ११ गते राती बुढिगंगा नगपरालिका वडा नं.८ मालिका बजारमा साँफेबाट बाजुरा तर्फ आईरहेको जीपमा अबैध रुपमा लुकाई छिपाइ ल्याउदै गरेको सन्तरा नामक अबैध मदिरा ६० पेटी (१,८०० क्वाटर) अस्थाइ प्रहरी पोष्ट रिठाबजारको प्रहरी टोलीले बरामद गरेको थियो ।

अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी नियन्त्रणमा लिएको र त्रिबेणी नगरपालिका वडा नं.९ पैमा स्थित धान रोपेको खेतमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी बडिमालिका बाजुरा बाट खटिगएको गस्ती टोलीले टक्कर नामक अबैध मदिरा २ पेटी (६० क्वाटर) फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टकप्रसाद भट्टराइले जानकारी दिनु भयाे ।

प्रहरी नायव उपरिक्षक डिएसपी भट्टराइका अनुसार बरामद गरेको अबैध ६२ पेटी (१,८६० क्वाटर) मदिरा स्थानिय जनप्रतिनीधि समाजसेवी भद्रभलादमीहरुको रोहवरमा नष्ट गरिएको र मदिरा ओसार पसार गर्ने ब्यक्ती,प्रयोग गरिएको सवारी साधन र मदिरा धनिलाई स्थानियतहको निर्णयानुसार आवश्यक कारबाही गरिएको हाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ५६ मिनेटutes अगाडि

भर्खरै