होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • उपसभामुख चयनका विषयमा दलहरु मौन किन ?
पत्रपत्रिका

उपसभामुख चयनका विषयमा दलहरु मौन किन ?

  • नागरिक रैबार
उपसभामुख चयनका विषयमा दलहरु मौन किन ?

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् । गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन् ।

सत्तारुढ दल नेकपाका नेताहरुले उपसभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएको छ भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् ।

सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताउनुभयो । नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।

विज्ञापन

उहाँले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको, कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सभामुख चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताउनुभयो ।

फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुसार उपसभामुखको चयन प्रकृया चाँडो सुरु गर्न बडुले आग्रह गर्नुभयो । उहाँले उपसभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले अहिलेसम्म केही नसोचनेको बताउनुभयो ।

अरु दलहरुपनि यसका लागि दावेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताउनुभएको हो ।राष्ट्रिय जनता पार्टीका (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भन्ने कुरा सरकारले निर्णय गर्ने बताउनुभयो ।

अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उहाँले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताउनुभयो ।सरकारले उपसभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उहाँले बताउनुभयो । सभामुखमा सापकोटा निर्वाचित भएपनि उपसभामुखको विषयमा अहिलेसम्म कुनै प्रकृया अगाडी बढ्न सकेको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार