होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने
क्रिकेट

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

  • नागरिक रैबार
प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी)मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले सहभागिता जनाउने छन् ।

विज्ञापन

यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन् । दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार