होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
देश/प्रदेश

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  • नागरिक रैबार
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् ।

आज प्रदेशसभा सचिवालय पुगेर हस्ताक्षरसहितको प्रस्ताव दर्ता गरेका हुन । प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् ।

त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

विज्ञापन

वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार