होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षा
समाचार

आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षा

  • नागरिक रैबार
आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षा

काठमाडौं । हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापीय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ। जसका कारण मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय र पहिरो जानसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार