होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मार्मिक देउडा गीत बड्डो र लाहुर्या बजारमा (भिडियोसहित)
मनोरञ्जन

मार्मिक देउडा गीत बड्डो र लाहुर्या बजारमा (भिडियोसहित)

  • नागरिक रैबार
मार्मिक देउडा गीत बड्डो र लाहुर्या बजारमा (भिडियोसहित)

नागरिक रैबार/बाजुरा १३ फागुन। चर्चित देउडा गायके लालबहादुर धामीे अछामी बड्डो र लक्ष्मण अधिकारी दुवइको लाहुयोको सयुक्त देउडा गीत बड्डो र लाहुर्या सार्वजनिक भएको छ ।

मंगलबार म्युजिक नेपालको अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । बड्डो र लाहुर्या’ बोलको देउडा गीतमा अछामी बड्डो धामी र दुवइको लाहुर्या अधिकारीलाई स्वरमा साथ देउडा गायिका रेखा जोशीले  दिएकि छिन् ।

गीतको शव्द गायक लक्ष्मण अधिकारी दुवइको लाहुर्याले लेखेका हुन् भने म्युजिक एरेन्ज विनोद बाजुरालीले गरेका हुन् । स्टुडियो मालश्रीमा रेकर्ड गरिएको उक्त गीतलाई खप्तड डिजिटल म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

विज्ञापन

गीतको म्यूजिक भिडियोको निर्देशन भीम थापाले गरेका हुन भने गीतको छायाकंन डिवि रौलेले गरेका हुन् । गीतमा अछामी बड्डो, दुवइको लाहुर्या र कविता खड्का लगायतले अभिनय गरेका छन् । गीतको सम्पादन प्रविन रेश्मीमगरले गरेका छन् । गीतमा सुदूरपश्चिम प्रदेशको  मौलिक भेष भूसा सहित झल्काइएको छ ।

अछामी बड्डो धामी र दुवइको लाहुर्या अधिकारीको सयुक्त स्वर रहेको देउडा गीतले बजारमा चर्चा कमाउने गीतका सर्जक लक्ष्मण अधिकारीले आशा गरेका छन् । अछामी बड्डो लालबहादुर धामी अहिले विभिन्न मेला महाेत्सवमा व्यस्त रहेका छन् भने दुवइको लाहुर्या लक्ष्मण अधिकारी गीत सृजना गर्न व्यस्त रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार