होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दिल्ली प्रदर्शनमा मृत्यु हुनेको संख्या नौ पुग्यो
अन्तर्राष्ट्रिय

दिल्ली प्रदर्शनमा मृत्यु हुनेको संख्या नौ पुग्यो

  • नागरिक रैबार
दिल्ली प्रदर्शनमा मृत्यु हुनेको संख्या नौ पुग्यो

दिल्ली – भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरु बिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या नौ पुगेको छ । अरु ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री अमित शाहले बैठक बोलाएका छन् । गृहमन्त्री शाहसँगको बैठक पूर्व दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरी भिडन्त भएको क्षेत्रमा प्रहरीको संख्या कम रहेको र प्रहरीसँग कारवाही गर्ने अधिकार पनि नरहेको बताएका छन् । लाठी चार्ज गर्ने तथा हवाई फायर गर्ने बाहेकको आदेश प्रहरीले नपाएको उनले बताएका छन् ।

बाहिरबाट धेरै मानिस आएकाले सीमा बन्द गर्ने तथा शंका लागेकाहरुलाई पक्राउ गर्नु पर्ने उनले बताएका छन् । उनले सबै धर्म मान्ने व्यक्तिको शान्ति बैठक गर्न र त्यसमा स्थानीय विधायक पनि सहभागी हुन भनेका छन् ।

विज्ञापन

सोमबार तीन सर्वसाधारण तथा एक प्रहरीको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । मंगलबार बिहान थप तीनजनाको मृत्यु भएको हो । उनीहरुका बारेमा थप विवरण आएको छैन । घाइतेहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि