होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?
विचित्र संसार

अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?

  • नागरिक रैबार
अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?

एजेन्सी-इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले  सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।

विज्ञापन

यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार