होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • चिसो मौसममा हुने शारीरिक समस्या र उपचार
स्वास्थ्य-जीवनशैली

चिसो मौसममा हुने शारीरिक समस्या र उपचार

  • नागरिक रैबार
चिसो मौसममा हुने शारीरिक समस्या र उपचार

जाडो मौसम बृद्धबृद्धा, बालबालिका, रोगीहरुका लागि अनुकुल मानिदैन । यतिबेला उच्च रक्तचाप, युरिक एसिड, दम आदिका रोगीले निकै सास्ती व्यहोर्नुपर्छ ।

रुघा– हामीले धेरैले भोग्ने समस्या हो, जाडोमा रुघाकोखी । चिसोसँग लड्ने क्षमता नभएकाहरुलाई रुघाले आक्रमण गर्छ ।

 

विज्ञापन

के गर्ने ? – रुघा सामान्यत आफै ठिक हुन्छ, साता दिनमा । यसका लागि शरीरलाई न्यानो राख्ने, तातो वा झोलयुक्त पानी पिउने भने गर्नुपर्छ ।

उच्च रक्तचाप –उच्च रक्तचापका समस्या झेलिरहेकाहरुले पनि जाडोमा खास सावधानी अपनाउनुपर्छ । चिसोको कारण शरीरका नसाहरु साँघुरिन गएर रक्तचाप बढ्न सक्छ ।

के गर्ने ?– उच्च रक्तचाप भएकाहरुले बिहान जुरुक्कै उठ्ने, मर्निङवाक जाने जस्ता गतिविधि गर्नु हुँदैन । औषधी सेवन गरिरहेकाहरुले त्यसलाई नियमितता दिने ।

दम– जाडोमा दम रोगीले पनि निकै सास्ती भोग्नुपर्छ । दमले श्वासप्रश्वास क्रियालाई असहज बनाइदिन्छ । सामान्य दिनचर्या नै प्रभावित हुनपुग्छ ।

के गर्ने ? धुलो–धूँवामा नबस्ने । दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले राहत मिल्नेछ । यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ ।

कफ जमेमा– जाडोमा छातीमा कफ जम्न सक्छ । खासगरी बालबालिकालाई यस किसिमको समस्याले सताउन सक्छ । कफ जमेमा सास फेर्न अप्ठ्यारो हुन्छ ।

के गर्ने ? – यसको समाधानका बेसार–पानी पिउनुपर्छ । यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ ।
जोर्नी दुख्ने– चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ । खासगरी प्रौड उमेर भएकालाई यस किसिमको समस्याले सताउने गर्छ ।
के गर्ने ?– यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउने र दुखेको स्थानमा बाँध्नुपर्छ । यसबाट दुखाईमा राहत मिल्छ । तोरीको तेलमा ३–४ लसुनको कल्ली हालेर पकाउने र चिसो भएपछि यसले मालिस गर्नुपर्छ । यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ ।

जाडोमा खानपान

जाडोमा वाह्य तापमानसँग शरीरको तापमानको सन्तुलन मिलाउन तातो खानेकुरा खानुपर्छ । खासगरी सुपयुक्त खानेकुरा उपयुक्त हुन्छ । तातो सुप, तातो पानी पर्याप्त सेवन गर्नुपर्छ । यसले शरीरमा पानीको अभाव मात्र पुरा गर्दैन, शरीरलाई न्यानो राख्न सघाउँछ ।

यतिबेला सुन्तला लगायतका मौसमी फलहरु पाइन्छ । सखरखण्ड, पिँडालु जस्ता कन्दमुल पाइन्छ । जाडोको मौसममा यस्ता खानेकुरा सेवन गर्नुपर्छ, जो प्रकृतिले दिएको छ ।

जाडोमा व्यायाम

ताप वा न्यानो शरीरभित्रै छ । आगो तापेर वा हिटरमा बसेर शरीरलाई क्षणिक रुपमा तातो बनाउन सकिन्छ । यद्यपी त्यो भन्दा राम्रो उपाय भनेको शारीरिक गतिविधि हो । एकै ठाउँ बसेर आगो वा हिटर ताप्नु वा सिरकभित्र गुम्सिएर बस्नुभन्दा शारीरिक श्रम वा गतिविधि गर्नुपर्छ ।

व्यायामले पनि शरीरलाई न्यानो बनाउँछ । यद्यपी हृदय रोग लगायत कतिपय औषधी सेवन गरिरहेकाहरुले भने चिकित्सकको परामर्श लिनुपर्छ ।

जाडोमा एकदमै बिहान घर बाहिर निस्कनु राम्रो मानिदैन । खासगरी काठमाडौंमा चिसोको मौसममा वायु प्रदूषणको खतरा बढी हुने गर्छ । बिहानको समयमा जमिनको सतहमा धूलो-धूँवा थेग्रिएर रहने भएकाले बिहानै मर्निङवाक गर्न नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

घाममा बसौं

साँझ वा बिहानको घाममा बसौं ।, यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो । शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ ।
विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

मह र अदुवाको सेवन

जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ । अदुवा मिसाएर तताएको पानीमा मह घोलेर पिउनुपर्छ, स्वास्थ्यलाई राम्रो गर्छ । यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ ।
सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार