होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मुख्यमन्त्री भट्टद्वारा अट्वारीको पर्वको शुभकामना
देश/प्रदेश

मुख्यमन्त्री भट्टद्वारा अट्वारीको पर्वको शुभकामना

  • नागरिक रैबार
मुख्यमन्त्री भट्टद्वारा अट्वारीको पर्वको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारू समुदायले मनाउने अट्वारी पर्वका अवसरमा आज शुभकामना व्यक्त गरेका छन।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै अट्वारी पर्व मनाउने थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमा भने, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सुदूरपश्चिम प्रदेशसमेत कठिन मोडबाट गुज्रिरहेको कठिन परिस्थितिमा स्वास्थ्यसम्बन्धी सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई पर्वलाई खुशीयालीसाथ मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु।”

साथै थारू समुदायले मनाउने अट्वारी पर्वले सम्पूर्ण प्रदेशवासीमा खुशी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता र पारस्परिक सुमधुर सम्बन्ध बनाउन सघाउ पुगोस् भनी कामना गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार