होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा ६ हजार ८ सय बढिकोे आरडिटी परिक्षण, १ हजार १ सय ५९ रिर्पोट पोजेटिभ
समाचार

बाजुरामा ६ हजार ८ सय बढिकोे आरडिटी परिक्षण, १ हजार १ सय ५९ रिर्पोट पोजेटिभ

  • नागरिक रैबार
बाजुरामा ६ हजार ८ सय बढिकोे आरडिटी परिक्षण, १ हजार १ सय ५९ रिर्पोट पोजेटिभ

रामबहादुर विक/ बाजुरा ९ असार । बाजुरामा हालसम्म ६ हजार ८ सय २१ जनाको आरडिटी विधिाट कोरोना परिक्षण गरिएको छ ।

जिल्लामा ९ ओटै स्थानीय तहका जम्मा ६ हजार ८ सय २१ जनाको आरडिटी परिक्षण गरिएको हो । आरडिटी परिक्षणमा हाल सम्म १ हजार १ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

चैत्र ११ गते बाट लकडाउन सुरु भएपछी जिल्ला भन्दा बाहिर बन्दाबन्दीमा रहेका र सिमा नाकामा अलपत्र परेका नागरिकहरु जिल्लामा भित्रिएपछी आरडिटी परिक्षण गरिएको बताइएको छ ।

विज्ञापन

आरडिटी परिक्षण गरिएका मध्ये १ हजार ६ सय ४८ जना महिला र ५ हजार १ सय ७३ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका अशोक सिहंले बताउनु भएको छ ।

आज सम्मको तथ्याङक अनुशार बडिमालिका नगरपालिकाका १ सय २१ जना , बढिगंगा नगरपालिकाका ५ सय १९ जना, त्रिवेणी नगरपालिकामा २ सय ८२ जनामा आरडिटी पोजेटिभ रहेका छन् ।

त्यस्तै हिमाली गाँउपालिकामा १३ जना,जगनाथ गाँउपालिकामा ३ जना, स्वामिकार्तिक खापर गाँउपालिकामा ६ जना , गौमुल गाँउपालिकामा ७४ जना र खप्तड छेडेदह गाँउपालिकामा १ सय २६ जना जिल्ला अस्पताल बाजुरामा २ जना गरी १ हजार १ सय ५९ आरडिटी पोजेटिभ रहेका छन्।

अहिले पोजटिभ देखिएका बडिमालिका नगरपालिकाका १ सय २१ जना बाहेक सवै जना आइसोलेसनमा बसिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार