होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
देश/प्रदेश

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

  • नागरिक रैबार
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, ८ माघ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन स्थलमा मतपत्र पत्र पुर्‍याउने, निर्वाचन लक्षित सुरक्षा लगायत सम्पुर्ण तयारी पूरा भएको जनाएको हो ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि आवश्यक मतदान स्थल पनि आज साँझसम्म निर्माण भइसक्ने आयोगको भनाई छ । प्रदेश १ को विराटनगरस्थित वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति भवन, बागमति प्रदेशमा ललितपुर महानगरपालिकाको वडा समिति भवन, गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय, प्रदेश ५ मा घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेश सुर्खेतमा जिल्ला निर्वाचन कार्यलय र सूदुरपश्चिम प्रदेशको सिलगढीमा पदम पब्लिक मुक्ति नारायण उच्च माविमा मतदानको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाको पहिलो बैठक बसेको २ वर्षमा कार्यकाल सकिने १९ जनामध्ये १८ सिटका लागि भोलि निर्वाचन हुँदैछ । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

विज्ञापन

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६ नेपाली कांग्रेसले १६ , समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २–२ जनालाई उम्मेदवार बनाएका छन् ।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार