होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा आज ७६ जना कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो
Breaking News

सुदूरपश्चिममा आज ७६ जना कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा आज ७६ जना कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

धनगढी : सुदूरपश्चिममा आज ७६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौँमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

आज थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिए। यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना रहेका छन्। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय ६१, डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार