होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना हुन नदिने
Breaking News

बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना हुन नदिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना हुन नदिने

नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा उद्योग बाणिज्य संघले बाजुराका बजारमा कालोबजारी र कृतिम अभाव सृृजना हुन नदिने निर्णय गरेको छ ।शनिबार उद्योग बाणिज्य संघ बाजुराले आफ्नो आपत्कालिन बैठक बोलाएर कोविड (१९–कोरोना भाइरस) बारे व्यापारीहरुलाई सचेतना दिन र विपद्को घडीमा बजारमा कालोबजारी र कृतिम अभाव हुन नदिने निर्णय गरेको हो ।

विपद्का बेला बजारमा कालोवजारी र कृतिम अभाव भएमा स्थानीयहरुलाई ठुलो समस्या हुने भएकाले बाजुरा उद्योग बाणिज्य संघले यस्तो निर्णय गरेको बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए ।उहाँले विपद्को बेलामा विशेष गरी दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, तरकारी, फलफूल, औषधिमा व्यापक कालोबजारी बढ्न सक्ने भएकोले बजारमा आन्तरिक अनुगमन समेत गर्ने बताएका थिए ।

विश्व नै महामारीको संकटमा भएकोले बाजुरा जिल्लाका सवै व्यापारीले बजारमा सामानको कृतिम अभाव तथा उपभोग्य सामाग्रीको मुल्य वृद्धि र कालोबजारी गर्न सक्ने भएकाले यसलाई रोक्नका लागि बाजुरा उद्योग बाणिज्य संघले बाजुराका विभिन्न बजारमा आन्तरिक अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

विज्ञापन

साथै बैठकले बाजुरा जिल्लामा कोरोना भाइरसको संक्रमण र यसबाट आफु बच्न र अरुलाई बचाउन सचेतना अपनाउनका लागि सन्देश मुलक प्रचार–प्रसार गर्ने निर्णय गरेको छ । विपद्को बेला बजारमा कालोबजारी र कृतिम अभाव सृजना हुन नदिन जिल्लास्थित सवै व्यापारीहरुलाई समेत सचेतना दिन लागिएको छ ।विश्व स्वास्थ्य संगठनले कोविड भाइरस संक्रमणलाई महामारीको घोषणा गरेपछि अहिले नेपाल पनि त्रसित हुँदै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै