प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै पक्राउ गरेको हो। पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले बताएका छन्।
उनीहरुको साह बाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको डिएसपी शाहीले जानकारी गराएका छन्।
दुबैजाना प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुलाई शनिबार १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु