होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बेलायतमा कोरोना भाइरसको अवस्थामा सुधार
पत्रपत्रिका

बेलायतमा कोरोना भाइरसको अवस्थामा सुधार

  • नागरिक रैबार
बेलायतमा कोरोना भाइरसको अवस्थामा सुधार

बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ। अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन्। बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचआ) का अनुसार श्रेणी ४ मा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको संक्रमण उच्च रहेको हुन्छ भने श्रेणी ३ ले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ।

बेलायती स्वास्थ्य अधिकारीहरुले बेलायतमा कोरोना संक्रमणमा व्यापक गिरावट आएको बताएका छन्। बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो।

विज्ञापन

यहाँ ४२ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरस फैलिनेक्रममा व्यापक सुधार हुनुमा आमजनताको प्रतिबद्ध सहयोग मुख्य रुपमा जिम्मेवार रहेको बताउनुभयो।

यसैबीच जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो संख्यामा कोरोनाभाइरस संक्रमित व्यक्ति फेला परेका छन्।  जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार एकै दिन ७७० जना नयाँ संक्रमित व्यक्ति भेटिएका छन्।

योसहित जर्मनीमा कूल संक्रमित व्यक्तिको संख्या एक लाख ८८ हजार ५३४ पुगेको छ। यसैगरी चीनले बेइजिङमा एकाएक देखिएको कोरोनाभाइरस नियन्त्रणमा आएको छ ।

बेइजिङमा करिब ३ लाख ६० हजारमा परीक्षण गर्दा २५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। बेइजिङमा गत साता १८३ जना नयाँ संक्रमित भेटिएका थिए।

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही विशेष क्षेत्रमा यस्ता संक्रमणका घटना देखिनु सामान्य रहेको बताउँदै रोकथामका उपायलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार