होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • ब्राजिलको यो नदीमा किन बढ्यो कछुवाको फौज ? वैज्ञानिकहरु हैरान
विचित्र संसार

ब्राजिलको यो नदीमा किन बढ्यो कछुवाको फौज ? वैज्ञानिकहरु हैरान

  • नागरिक रैबार
ब्राजिलको यो नदीमा किन बढ्यो कछुवाको फौज ? वैज्ञानिकहरु हैरान

काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलको एक नदीमा हालैका दिनहरुमा कछुवाको संख्या नाटकीय रुपमा वृद्धि भैरहेको छ ।

ब्राजिलको प्यूर्स नदीको किनारामा हजारौँको संख्यामा साउथ अमेरिकन रिभर टर्टल्स प्रजातिका कछुवाहरु देखा परेका छन् ।

 

विज्ञापन

ती कछुवाका बच्चाहरु सुनामीमा नदीको भित्रबाट लहरजस्तै गरी निस्किरहेका थिए । अमेजन नदीको सहायक नदीको रुपमा रहेको प्यूर्स नदी किनाराको एक संरक्षित क्षेत्रमा ती कछुवाहरुलाई जम्मा गरिएको छ ।

ब्राजिलको वन्यजन्तु संरक्षण समाजले ती हजारौँ कछुवाको तस्वीर तथा भिडियोहरु आफ्नो ट्वीटर ह्याण्डलका माध्यमबाट शेयर गरेको छ ।

अहिले ती अधिकांस कछुवाहरु बच्चा नै रहेको र केही समयअघि मात्रै अण्डाबाट कोरलिएको बताइएको छ । कछुवाको उक्त प्रजाति दक्षिण अमेरिकामा स्वच्छ पानीमा पाइने सबैभन्दा ठूलो प्रजाति हो ।

यो कछुवा हरेक वर्ष सोही नदी इलाकामा प्रजननका लागि आउँदछ । उक्त प्रजातिको कछुवाका बच्चालाई अण्डाबाट निकाल्नका लागि एक महिनाको समय लाग्दछ । नदी तटीय क्षेत्रको बालुवाबाट निस्किएर कछुवाहरु नदीको पानीतर्फ अगाडि बढ्दछन् । हरेक दिन हजारौँ कछुवाका बच्चा अण्डाबाट निस्किएर यसरी जम्मा भैरहेका देखिन्छन् । यो सिलसिला कैयन् दिनसम्म चलिरहन्छ ।

स्मरण रहोस् कछुवाको यो प्रजाति संकटापन्न अवस्थामा रहेको छ । जसको संरक्षणका लागि विभिन्न अनुसन्धानहरु हुने गरेका छन् । मासु तथा अण्डाको तस्वीरका कारण यो कछुवाको प्रजाति संकटमा परेको हो ।

अमेजनको जंगलमा कछुवाको यो प्रजातिले वनस्पतीका बिउविजनहरु फैलाएर पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । साउथ अमेरिकन रिभर टर्टल्सको वयस्कको वजन ९० किलोसम्म हुन्छ ।

– एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार