होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • आईपीएलमा मुम्बईको दबदबा, कोलकातालाई ८ विकेटले हरायो
क्रिकेट

आईपीएलमा मुम्बईको दबदबा, कोलकातालाई ८ विकेटले हरायो

  • नागरिक रैबार
आईपीएलमा मुम्बईको दबदबा, कोलकातालाई ८ विकेटले हरायो

१ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ ।

अबुधाबीमा गएराति भएको खेलमा कोलकाताले मुम्बईसामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले २१ रन बनाए । हार्दिक नटआउट रहे ।

विज्ञापन

बलिङतर्फ वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए ।

यसअघि अबुधाबीको जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

कोलकाताको लागि पेट कमन्सिनले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका इयान मोर्गानले नटआउट ३९ रन बनाए ।

ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । कप्तानी छाडेका दिनेश कार्तिक पनि क्रिजमा टिकेनन् । उनले ४ रनमात्र बनाउन सके । आन्द्रे रसेलले १२ रन बनाए ।

बलिङतर्फ राहुल चहारले २ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार