होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • मात्र १० सेकेण्डमा माटोमा मिल्यो १४४ तले महल, बन्यो विश्व कीर्तिमान
विचित्र संसार

मात्र १० सेकेण्डमा माटोमा मिल्यो १४४ तले महल, बन्यो विश्व कीर्तिमान

  • नागरिक रैबार
मात्र १० सेकेण्डमा माटोमा मिल्यो १४४ तले महल, बन्यो विश्व कीर्तिमान

काठमाडौं । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइमा बनाएर विश्व कीर्तिमान कायम गरेको युएइले सबैभन्दा छोटो समयमै अहिलेसम्मकै अग्लो भवन ढालेर विश्व कीर्तिमान कायम गरेको छ ।

युएइले १ सय ४४ तलाको एक गगनचुम्बी भवनलाई मात्र १० सेकेण्डमै ढालेर माटोमा मिलाउँदै गिनिज बुकमा कीर्तिमान दर्ज गराएको हो । अहिलेसम्म दुनियामा यति अग्लो भवन यति थोरै समयमा ढलाइएकै थिएन ।

 

विज्ञापन

मीना प्लाजा नामक उक्त टावरको उचाइ १ सय ६५ मिटर थियो । सो भवनलाई डाइनामाइट विस्फोट गराएर क्षणभरमै ध्वस्त पारिएको हो । सो भवन धुलिसात पार्नका लागि ९ सय १५ केजी विस्फोटक पदार्थको प्रयोग गरिएको थियो । विस्फोटका लागि ३ हजारभन्दा धेरै डेटोनेटर जडान गरिएको थियो ।

उक्त गगनचुम्बी भवन पलभरमै माटोमा मिलाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

भवन ढाल्नेबित्तिकै अबुधावीस्थित मिडिया कार्यालय तथा अबुधावी नगरपालिका र परिवहन विभागले सोको जानकारी दिएका थिए । भवन गिराउनु अगाडि आसपासका पसल तथा बजारहरु अस्थायी रुपमा बन्द गराइएको थियो ।

उक्त १ सय ४४ तले भवनलाई गत महिना युएइको अवुधावीस्थित मोर्डन प्रपर्टिज नामक कम्पनीले खरीद गरेको थियो । र, सोही कम्पनीले उक्त भवन ध्वस्त पारेको हो । उक्त जग्गालाई कम्पनीले केमा प्रयोग गर्नेछ भन्नेचाहिँ खुलेको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार