होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरी मेरो साथी भन्ने कुरा जनताले अनुभूत गर्नुपर्छ : मुख्यमन्त्री राउत
समाचार

प्रहरी मेरो साथी भन्ने कुरा जनताले अनुभूत गर्नुपर्छ : मुख्यमन्त्री राउत

  • नागरिक रैबार
प्रहरी मेरो साथी भन्ने कुरा जनताले अनुभूत गर्नुपर्छ : मुख्यमन्त्री राउत

३० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘प्रहरी मेरो साथी’ हो भन्ने कुरा जनताले अनुभूति गर्न सक्नुपर्ने बताएका छन् ।

६५औं प्रहरी दिवसको अवसरमा प्रदेश २ प्रहरी कार्यालयले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रहरी मेरो साथी हो भन्ने कुरा प्रहरीको व्यबहार र चरित्रमा देखिनुपर्ने बताए ।

 

विज्ञापन

प्रदेशमा पछिल्लो समय अपराधिक घट्नामा वृद्धि भएको बताउँदै राउतले पीडितले न्याय पाउन ढिलो भइरहेको र पाउँदै नपाउँदै अवस्थाले अपराधीको मनोबलल बढ्दै गएको बताए ।

‘महिला हिंसा, महिला तथा बालिका बलात्कार बढेको छ । दलितमाथिको हिंसा पनि बढेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘प्रहरी थुनाभित्रै पनि दलितको मृत्यु हुन थालेको छ । यसले प्रहरी मेरो साथीको अनुभूति जनताले गर्न सकिरहेका छैनन् ।’

मुख्यमन्त्री राउतले बीच बजारबाट सामान नियन्त्रणमा लिएर पनि सीमाबाट नियन्त्रणमा लिएको घटनाबारे आफूले बुझेको बताउँदै यस्तो नगर्न निर्देशन दिए । ‘म कुनै पनि तस्करलाई उन्मुक्ति दिनुस् भन्दिनँ,’ उनले भने, ‘तर आग्रह, पूर्वाग्रहभन्दा माथि आएर आफ्ना व्यबहार परिवर्तन गर्नु जरुरी छ ।’

समाजमा अपराध बढ्दै गएपछि अपराधीलाई बचाउने ठूलाबडाहरु मतियारको रुपमा देखापर्न थालेको बताउँदै राउतले अपराधी र मतियार दुवैै कुनै पनि हिसाबले उन्मुक्ति पाउन नहुने बताए । ‘यसका निम्ति प्रहरीलाई आफ्नो शक्तिसहित अगाडि आउनु जरुरी छ,’ उनले भने ।

अपराधका घटनालाई शून्यमा पुर्‍याउन प्रहरीलाई विशेष रणनीति बनाउन निर्देशन दिदैं मुख्यमन्त्री राउतले यसमा प्रहरीलाई हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।

‘प्रदेश सरकार आफ्नो श्रोतसाधन अनुसार नेपाल प्रहरीलाई हरेक किसिमको सहहयोग गर्न तयार छ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार