होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपामा ‘कर्णाली विद्रोह’ : छलफलको अझै टुंगो छैन
समाचार

नेकपामा ‘कर्णाली विद्रोह’ : छलफलको अझै टुंगो छैन

  • नागरिक रैबार
नेकपामा ‘कर्णाली विद्रोह’ : छलफलको अझै टुंगो छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडाैँ आएको दुई दिन बित्न लाग्यो । प्रदेशका मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग विद्रोह गर्दै अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षलाई काठमाडौँ आउन पत्र काटेका थिए । सोही पत्रको निर्देशन पालना गर्दै दुवै पक्ष बुधबार र बिहीबार काठमाडौँ आइसकेका छन् ।

अहिले नेकपामा उक्त अविश्वास प्रस्तावलाई ‘कर्णाली विद्रोह’ को संज्ञा दिइएको छ ।तर, पार्टी केन्द्रले प्रदेशका नेताहरुलाई बोलाएको दुई दिन बित्न लाग्दा समेत निकास निकाल्ने छलफलको टुंगो लाग्न सकेको छैन ।
‘हामी आएको दुई दिन भैसक्यो । विवाद मिलाउन भनेर बोलाइएको हो । तर अहिलेसम्म कहिले छलफल हुने भन्ने नै टुंगो लागेको छैन’, असन्तुष्ट पक्षका एक नेताले भने, ‘कतिबेला खवर आउँछ भनेर प्रतिक्षामा बसेका छौँ ।’

गत मंगलबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बैठकपछि कर्णाली प्रदेश कमिटीका सबै पदाधिकारीलाई असोज २९ भित्र काठमाडौँ आउन भन्दै पत्र काटेका थिए ।
यो ‘कर्णाली विद्रोह’ प्रकरणमा पार्टी केन्द्रले बोलाएकाहरुमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल छन् ।

विज्ञापन

त्यस्तै कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सांसद चन्द्रबहादुर शाही र निलम्बित सचेतक गुलाबजंग शाह पनि काठमाडौँ आइसकेका छन् ।
काठमाडौँ आएका दुवै पक्षका नेताहरुले आ–आफ्नो गुटका नेताहरुलाई भने एकसरो भेटिसकेका छन् । त्यस्तै विद्रोहको नेतृत्व गर्ने कँडेलले अध्यक्ष प्रचण्डलाई पनि भेटिसकेका छन् । सम्भावित रणनीति समेत बनाइसकेका दुवै पक्षले केन्द्रीय अध्यक्षद्वयसँगको छलफलमा राख्ने विषयबारे पनि तयार भएको बताएका छन् ।

‘हामी आफ्नो तर्फबाट राख्नुपर्ने कुरामा तयार छौँ । प्रस्ट छौ । अव केन्द्रको निर्णय र निर्देशन के आउँछ त्यसको पर्खाइमा छौँ’, एक नेताले रातोपाटीलाई बताए । खासगरी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको समय नमिल्दा छलफलको समय टुंगो लाग्न नसक्दा छलफलमा ढिलाइ भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन्, ‘हिजो पनि पीएमको सेड्युल टाइट भयो । सायद आज बेलुकासम्म छलफल हुनसक्छ । तर समय तोकिएको छैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार