होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन
समाचार

सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन

  • नागरिक रैबार
सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन

काठमाडौं ३ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको अध्ययन गर्ने भएको छ ।

२९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

विज्ञापन

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

सुत्केरी महिलाको मृत्युका सम्बन्धमा शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले दिएको जानकारी यस्तो छ–

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । २४ गते उहाँको (नर्मल डेरीभरी) सुत्केरी भएको विवरण हामीलाई सो अस्पतालबाट प्राप्त भएको छ । र, उहाँ २५ गते डिस्चार्ज हुनुभएको थियो । त्यसपछि उहाँ सिन्धुपाल्चोक आफ्नो घर जानुभएको थियो ।

घर गइसकेपछि ज्वरो, स्वास प्रश्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि उहाँले स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ । र, उहाँको स्थिति जटिल बन्दै जाँदा उहाँ धुलीखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको खबर हामीले पाएका छौं ।

यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइरहेका छौं । र, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन् । यो परीक्षणहरुको र सम्पूर्ण विवरणहरु प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड १९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसारण गर्ने व्यहोरा सबैलाई म जानकारी गराउँछु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार