होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय
समाचार

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय

  • नागरिक रैबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले  गत चैत अगाडि लिखितको नतिजा निस्किएका जवानहरुको अन्तरवार्ता लिन बाँकी रहेको उनले बताए ।

उनले भने– ‘लकडाउन जारी भएपछि परीक्षामा उर्तिण जवानहरुको अन्तरवार्ता लिने काम रोकिएको छ । इन्सपेक्टरको परीक्षाका लागि पनि फर्म भरेका छन् । उनीहरुको पनि कसैको जाँच भयो कसैको बाँकी छ । इन्सपेक्टरको परीक्षा सुरु मात्र गरेको थियो, लकडाउन भइहाल्यो । सिपाहीको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिन बाँकी थियो ।’

प्रहरीमा वार्षिक रुपमा नियमित खोल्नुपर्ने भर्नाको कार्यक्रम पनि बाँकी रहेको छ । प्रत्येक बर्ष कोटाका आधारमा सिपाई, असई, इन्सपेक्टरको भर्ना खोल्न बाँकी रहेको प्रवक्ता कठायतले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार