होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा भान्सेदेखि जनप्रतिनिधिलाई कोरोना, स्वास्थ्यकर्मी र प्रहरीमा पनि संक्रमण
समाचार

सुदूरपश्चिममा भान्सेदेखि जनप्रतिनिधिलाई कोरोना, स्वास्थ्यकर्मी र प्रहरीमा पनि संक्रमण

  • नागरिक रैबार
सुदूरपश्चिममा भान्सेदेखि जनप्रतिनिधिलाई कोरोना, स्वास्थ्यकर्मी र प्रहरीमा पनि संक्रमण

धनगढी : आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना निको भएर घर फर्किसकेका छन्। सुदूरपश्चिममा झण्डै ९३ प्रतिशत संक्रमित भारतबाट आएका नागरिक छन् भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ। प्रदेशमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, थुनुवा, स्वास्थ्यकर्मी, चालक र क्वारेन्टिनमा खटिएका भान्सेलाई पनि कोरोना पुष्टि भएको छ।

कञ्चनपुर र डडेल्धुराका चार जना स्वास्थ्यकर्मी, कञ्चनपुरका तीन जना प्रहरी, कैलाली र डडेल्धुराका दुई जना जनप्रतिनिधि, कञ्चनपुरमा दुई जना भान्से, कैलाली र अछाम जिल्लामा तीन जना चालक, डडेल्धुरामा एक जना सरकारी कर्मचारी र डोटीमा एक जना थुनुवामा कोरोना पुष्टि भएको छ। उनीहरु अधिकासं क्वारेन्टिन र भारतबाट आएका नागरिकको उद्धारमा खटिएका थिए।

विज्ञापन

‘सुदूरपश्चिम प्रदेशमा कोरोना दोस्रो चरणमा प्रवेश गरिसकेको हो,’ सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले भने, ‘तर अहिले नै समुदायस्तरमा भने संक्रमण फैलिएको छैन्। समुदायस्तरमा संक्रमण फैलिनबाट अझै रोक्न सकिन्छ।’ उनले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टिन व्यवस्थित बनाउन पर्नेमा जोड दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार