होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चौरजहारी घटनामा प्रहरी निष्कर्ष : नदीमा हाम फालेकालाई ढुंगा हानेर मारियो
समाचार

चौरजहारी घटनामा प्रहरी निष्कर्ष : नदीमा हाम फालेकालाई ढुंगा हानेर मारियो

  • नागरिक रैबार
चौरजहारी घटनामा प्रहरी निष्कर्ष : नदीमा हाम फालेकालाई ढुंगा हानेर मारियो

काठमाडौं ३२ जेठ । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ ।

स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागेको भन्दै एक अनुसन्धान अधिकारीले भने, ‘उनीहरुलाई छेक्नलाई तल मान्छे राखिएको पाइएको छ ।’

विज्ञापन

यो कार्यमा संलग्न ३४ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । त्यसमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

यसमा प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाइलगायतलाई प्रतिवादी बनाएको छ ।

सबै प्रतिवादीमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ ।

नवराज विकसहितको टोली युवतीको घरमा पुग्दा जातीय विषयमा विवाद हुँदा घटना भएको भन्दै जातीय छुवाछुत ऐन अनुसार पनि कारबाही गर्न माग गरिएको एक प्रहरी अधिकृतले  बताए । उनले भने, ‘यो अमानवीय एवं क्रुरतापूर्वक हत्या गरिएको विषय हो ।’

प्रहरी प्रतिवेदनका प्रतिवादीहरू

डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादी

तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा

नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको प्रहरीको भनाइ छ । प्रतिवादीले समेत यसलाई स्वीकार्दै बयान दिएका छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायतको शव फेला परेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार