होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका कोरोना संक्रमितलाई खाद्यन्न सहयोग
देश/प्रदेश

बाजुराका कोरोना संक्रमितलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
बाजुराका कोरोना संक्रमितलाई खाद्यन्न सहयोग

नागरिक रैबार/बाजुरा ३२ जेठ। बाजुराका कोरोना संक्रमितलाई १४ दिनका लागि खाद्यन्न सहयोग गरिएको छ । बुढिनन्दा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा रहेका १७ जनालाई १४ दिनको खानाको ब्यबस्थापन नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान(Nepal Healthcare Equipment Development Foundation (NHEDF) एन्ड्रिया ड्रेवरकोे (Andrea drewer) सहयोग र बडिमालिका खबरको समन्वयमा सहयोग गरेको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।

१७ जना धुरालसैन माबिको क्वारेनटाइनमा आइसोलेसनको ब्यबस्थापन गरेर राखिएको छ । उनिहरुलाइ चामल, दाल, तरकारी, अण्डा,तरकारी, पोजेटिभ सानो बच्चा ल्याक्टोजिन र आमाको लागि हरलेक्स समेत सहयोग गरेकोनेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । यो संकटको बेला स्थानिय सरकारलाइ खाद्यन्न सहयोगमा समस्या हुन सक्ने भएकाले कोरोना पोजेटिभलाइ खाद्यन्न सहयोग गरेको हो, फेरी पनि आबश्यक परे सहयोग गर्ने बस्नेतले वताएका छन् ।

कोरोना पोजेटिभलाइ गरेको सहयोगले नगरपालिकालाई पनि ठुलो राहत भएको नगरप्रमुख शाहले वताएका छन्, सहयोगि निकायलाई धन्यवाद समेत दिएका छन् । सहयोग दि हिमालयन टाईम्सका बाजुरा सम्वाददाता प्रकाश सिंहले नगरप्रमुख लाई हस्तान्तरण गरेका थिए । नगरप्रमुखले खाद्यन्न ब्यापारिलाई पैशा हस्तान्तरण गरेर खाद्यन्न खरिद गरिएको क्वारेनटाइन ब्यबस्थापक भरत उपाध्याले वताएका छन् ।

विज्ञापन

उक्क्त क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो । जसमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बुढिगंगा १ कि कोरोना बाट मृत्यु भएकी वालिका आएको दिनमा बाजुरामा नौ वटै स्थानिय तहका ३ सय ७१ जना आएको बुझिएको छ । १३ गते गौरिफन्टा नाका बाट आएका ति वालिका र उनका आमाबुवा १४ गते बाजुरा पुगेका थिए ।

बडिमालिका खबरको समन्वयमा र समाजसेवि सम्राट सिं बस्नेतको सहयोगमा बाजुराका खाद्य संकट भएका परिवारलाई राहत सहयोग भइरहेको छ । १२ परिवारलाई प्रति परिवार ५ हजारका दरले खाद्यन्न सहयोग गरिसकेका छन् । सम्राट सिं बस्नेतको पहलमा बाजुराका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ । केहीलाई सञ्चो भएर घर फर्किसकेका छन्, भने बाजुराका मात्र ५ जनाको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान मार्फत उपचार भइरहेको छ । बस्नेते बाजुराका लागि भगवान सरह भएको गणेश लुवारले वताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार