हासो अनि खुशी लाई शीत देखे आज फेरि !
निरासामै गजल अनि गित लेखे आज फेरि !!
मुस्कान जति धुवाएर आकासिदै बिलाउदा !
साथ दिने आशुलाई मीत देखे आज फेरि!!
कोहि काख कोहि पाखा दैबको खेल यस्तै रैछ !
यस्लाई नि संँसारको रित लेखे आज फेरि !!
लेख्नु पर्ने हारै थियो , नढाटेर लेख्नु पर्दा !
झुक्किदापो अन्जानैमा जित लेखे आज फेरि !!
फेसबुक प्रतिक्रियाहरु