होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु
समाचार

विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु

  • नागरिक रैबार
विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु

काठमाडौं – विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९ हजार ४३२ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ८३ लाख ४५ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ८२२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८६८ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ३८६ पुगेको छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार पुगेको छ ।

विज्ञापन

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख १९ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३० हजार ९३९ जनाको मृत्यु भएको छ । ६० लाख ३३ हजार ३३४ जना संक्रमित भएकोमा ३० लाख २५ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै