होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • अजय देवगनको फिल्म ‘मेडे’ इदमा रिलिज हुने, सलमान खानलाई टक्कर !
बलिउड/हलिउड

अजय देवगनको फिल्म ‘मेडे’ इदमा रिलिज हुने, सलमान खानलाई टक्कर !

  • नागरिक रैबार
अजय देवगनको फिल्म ‘मेडे’ इदमा रिलिज हुने, सलमान खानलाई टक्कर !

अजय देवगनले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘मेडे’ को घोषणा गरिसकेका छन् जसमा उनीसँग अमिताभ बच्चन र रकुलप्रित सिंह पनि देखिनेछन् । फिल्मको सुटिङ डिसेम्बर ११ अर्थात् आजके दिनबाट हैदराबादमा सुरु हुँदैछ र अजयले रिलिज डेट पनि योजना गरिसकेका छन् ।

अजयको यो फिल्म सन् २०२२ को इदमा रिलिज हुनेछ । इदमा खासगरी सलमान खानको फिल्म रिलिज हुन्छ । सन् २०२१ मा पनि उनी राधेलाई रिलिज गर्ने योजना बनाइरहेका छन् र सम्भवतः २०२२ मा पनि उनी कुनै न कुनै फिल्म इदमा रिलिज गर्नेछन् । त्यसैकारण अजयको ‘मेडे’ र सलमानको फिल्ममा टक्कर हुने सम्भावना छ । स्मरण रहोस्, अजर र सलमान निकै मिल्ने साथी हुन् ।

अजय आफ्नो फिल्म शुक्रबार, ९ अप्रिल, २०२२ मा रिलिज गर्नेछन् ।

अजय यो फिल्मका लागि निकै उत्साहित छन्, त्यसैले निर्देशनको बागडोर पनि उनी आफैंले सम्हालेका छन् । अमिताभ र अजय ८ वर्षपछि सँगै काम गरिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार