होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ‘डिसेम्बरसम्म जोखिम समूहमा कोरोना भ्याक्सिन पुुग्नसक्छ’
स्वास्थ्य-जीवनशैली

‘डिसेम्बरसम्म जोखिम समूहमा कोरोना भ्याक्सिन पुुग्नसक्छ’

  • नागरिक रैबार
‘डिसेम्बरसम्म जोखिम समूहमा कोरोना भ्याक्सिन पुुग्नसक्छ’

एजेन्सी । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समूहका व्यक्तिहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् । ‘ यसअघि अमेरिकी औषधी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । फाइजरले अब अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए)बाट स्वीकृति लिने प्रक्रिया चाँडै अघि बढाइने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी अन्त्यको प्रयासलाई तिव्रता दिन फास्ट ट्रयाकबाट भ्याक्सिनलाई स्वीकृति दिइने यसअघि नै बताएका थिए, अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख ४० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १ करोडभन्दा धेरै संक्रमित भइसकेका छन् ।

सन् १९८४ देखि एलर्जी र संक्रामक रोग सम्बन्धी राष्ट्रिय इन्स्टिच्युटका निर्देशक रहिआएका फाउची ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत हुन् । भ्याक्सिनले स्वीकृति पाएसँगै आफु यसको डोज लिने घोषणा उनले गरेका छन् । फाउचीका अनुसार परिवारका सदस्यहरुलाई पनि स्वीकृति पाइसकेपछि भ्याक्सिन लगाउन उनले सल्लाह दिएका छन् । ‘म फाइजरलाई विश्वास गर्छुु । म एफडिएलाई विश्वास गर्छु । त्यहाँ मेरा दशकौं देखिका वैज्ञानिक साथीभाई छन्,’ उनले भनेका छन् ।

विज्ञापन

कोरोना भाइरसले ग्रस्त अमेरिकामा सचेतना र सतर्कताका लागि फाउचीले गरेका प्रयासहरुको ट्रम्प समर्थकहरुले यदाकदा विरोध पनि गर्ने गरेका छन् । यसअघि फ््लोरिडामा भएको ट्रम्पको चुनावी र्यालीमा फाउचीलाई बर्खास्त गर्नुपर्ने माग उठेको थियो । समर्थकहरुको आवाज सुनेपछि आफ्नो भाषणका क्रममा ट्रम्पले यसका लागि केही प्रतिक्षा गर्न आग्रह गरेका थिए । संविधानतः ट्रम्पले सोझै फाउचीलाई बर्खास्त गर्न सक्दैनन् किनकि उनी राष्ट्रपतिले नियुक्त गरेका व्यक्ति होइनन् । तर,उनले फाउचीका बर्खास्तीका लागि आफ्नो प्रशासनका अन्य व्यक्तिलाई दबाब दिन सक्छन् ।

निर्वाचनमा जो बाइडेनसँग पराजित भएसँगै ट्रम्पले आफुसँग फरक मत राख्नेहरुलाई बर्खास्त गर्ने प्रक्रिया पनि अघि बढाइसकेका छन् । ‘फाउची राम्रो मानिस हुन् । यद्यपि, उनी धेरै काममा गलत देखिएका छन्,’ २ नोभेम्बरमा ट्रम्पले समर्थकहरुसामुु भनेका थिए । यता, भर्खरै राष्ट्रपतिका लागि निर्वाचित भएका जो बाइडेन भने कोरोना भाइरस नियन्त्रणका लागि फाउचीको सल्लाह मानेर अघि बढ्नुपर्ने बताउँछन् । ‘फाउचीजस्ता विज्ञहरुलाई सुन्ने राष्ट्रपति देशलाई चाहिएको छ,’ यसअघि बाइडेनले ट्वीट गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार