होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो
समाचार

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

  • नागरिक रैबार
भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख ५३ हजार ८०७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७४ हजार ३८३ नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख आठ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९१८ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ६० लाख ७७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ७७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्यामा भने भारत तेस्रो स्थानमा छ ।

विज्ञापन

अमेरिकामा अहिलेसम्म दुई लाख १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४९ हजार नाघेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार