होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई दिदै बाहिरिए
समाचार

ओलीले बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई दिदै बाहिरिए

  • नागरिक रैबार
ओलीले बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई दिदै बाहिरिए

काठमाडौं ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकबाट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।

स्रोतका अनुसार बैठकमा २० मिनेट जति बसेका प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिएका हुन् ।

असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । बैठकमा नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने जनाइएको छ ।

विज्ञापन

पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् । सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो । साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार