होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि
समाचार

अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

  • नागरिक रैबार
अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

२६ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो ।

ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको हो ।

कप्तान काएरन पोलार्ड बलिङमा र ओपनर लेन्डल सिमोन्स ब्याटिङमा चम्किएपछि ट्रिनबागो आठौं संस्करणमा च्याम्पियन बन्यो ।

विज्ञापन

जुक्सले लिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । सुनिल नारिनले फाइनल नखेलेपनि अन्य खेलाडीले उनको अभाव हन दिएनन् ।

टिओन वेब्स्टर ५ र टिम साइफर्ट ४ रन बनाएर आउट हुँदा ट्रिनबागोले १९ रनमा २ विकेट गुमाएको थियो । तर त्यसपछि सिमोन्स र ब्राभोले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यी दुईले अविजित १३८ रनको साझेदारी गरे । जुक्सका स्कट कुगेलिन र रोसटन चेसले १-१ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट एमेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर मार्क दयाले २९, नजिबुलल्ह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए ।

जुकसलाई अलआउट गर्न ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २-२ विकेट लिए ।

ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । यस्तै ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।

ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार