होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • लिम्पियाधुरामा वार्ताद्वारा सहमति खोज्न मोदीलाई विपक्षीको दबाब, देशभित्र विश्वास बनाउन माग
राजनीति

लिम्पियाधुरामा वार्ताद्वारा सहमति खोज्न मोदीलाई विपक्षीको दबाब, देशभित्र विश्वास बनाउन माग

  • नागरिक रैबार
लिम्पियाधुरामा वार्ताद्वारा सहमति खोज्न मोदीलाई विपक्षीको दबाब, देशभित्र विश्वास बनाउन माग

भारतको विपक्षी पार्टी कंग्रेस आईले नेपालसँगको सीमा विवादको सहमति वार्ताद्वारा खोजिनुपर्नेमा जोड दिएको छ । सीमा विवाद राष्ट्रिय सरोकारको विषय भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने कंग्रेसको माग छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको नेपालले सीमा विवाद समाधानका लागि वार्ताको पहल गर्दै आएपनि भारत सरकारले यसमा चासो देखाएको छैन । बरु उल्टै, सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले ‘नयाँ नक्सा जारी गर्दाको परीणामबारे नेपालले सोच्नुपर्ने’ चेतावनी दिएका थिए । यस्तोमा विपक्षी कंग्रेस पार्टीले भारत र नेपालबीच ऐतिहासिक र समय–समयमा परीक्षित आपसी सम्मान, विश्वास र मित्रतापूर्ण सम्बन्ध रहिआएकाले वार्ता र संवादमार्फत तटस्थ भएर यस समस्याको समाधान खोज्नुपर्ने जनाएको छ ।

मोदी सरकारले सीमा विवादले सबै राजनीतिक पार्टीलाई जानकारी दिनुपर्ने पनि कंग्रेसको माग छ । ‘संसदीय प्रजातन्त्रको मर्मअनुसार राजनीतिक पार्टीका नेतालाई यसबारे जानकारी दिन र राष्ट्रलाई विश्वासमा लिन कंग्रेस पार्टी सरकारसँग माग गर्दछ,’ कंग्रेसका वरिष्ठ प्रवक्ता आनन्द शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

पूर्वकेन्द्रीय मन्त्री शर्माले भारतले सधैँ नेपालको सार्वभौमिकताको सम्मान गरेको र दुई देशले मिलेर ९८ प्रतिशत सीमा समस्या सफलतापूर्ण समाधान गरेको बताए । ‘ आपसी विश्वासका आधारमा सबै समस्या समाधान गर्नका लागि दुबै पक्षले उस्तै इच्छाशक्ती देखाएका छन् । वर्तमान समस्याको समाधान पनि कुटनीतिक र वार्तामार्फत नै गर्न सकिन्छ भन्ने कंग्रेसको बुझाइ छ,’ विज्ञप्तिमा भनिएको छ ।

कंग्रेसको विदेश मामिला विभागका अध्यक्ष तथा राज्यसभाका सह–नेता समेत रहेका शर्माले नेपाल र भारतबीचका विवाद तथा मतभेदलाई वार्तामार्फत समाधान गर्नका लागि दुईपक्षीय संयन्त्र समेत गठन भएकाले वार्ताद्वारा समाधान खोजिनुपर्ने बताए । ‘यो दुखद् छ कि वर्तमान तनाव त्यस्तो अवस्थामा पुगेको छ, जसले मैत्रिपूर्ण सम्बन्ध बिगार्छ । यसलाई तत्कालै सम्बोधन गर्नुपर्छ ,’ विज्ञप्तिमा लेखिएको छ ।

स्रोत : इन्डिया टुडे

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै