होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध टिप्पणी गर्न नपाउने
देश/प्रदेश

नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध टिप्पणी गर्न नपाउने

  • नागरिक रैबार
नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध टिप्पणी गर्न नपाउने

काठमाडौं, २५ भदौ । नेकपाका नेता कार्यकर्ताले फेसबुक, टिवटर जसता सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध आलोचना गर्न नपाइने भएको छ । शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत नेताविरुद्ध जथाभावी टिकाटिप्पणी गर्न नपाइने निर्णय गर्न लागेको बताइएको छ ।

नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले तयार गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । समग्र पार्टीभित्र गुटबन्दीलाई अन्त्य गर्न र अनुशासन कायम गर्नका लागि नेताविरुद्धको आलोचना लाई नियन्त्रण गर्न लागिएको बताएको छ ।

नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि प्रकट गर्दै ट्वीटमार्फत व्यंग्य गर्नुभएको छ ।

विज्ञापन

नेकपा कम्ती पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अनि अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दानपुग्दै हुबहु सार्वजनिक भयो । बैठकमा त पेस हुन दिए हुने नि ! कति हतार !

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार