होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु
समाचार

घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु

  • नागरिक रैबार
घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु

२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।

साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीका अनुसार भिरबाट लडेर तामाङको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दुरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

विज्ञापन

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार