नागरिक रैबार/बाजुरा २७ माघ। मार्तडीमा घरकाे छतबाट लडेर घाईते भएका हिमाली गाउँपालिका वडा न ६ का भिम प्रसाद पाण्डेका २ वर्षका छाेरा किस्मत पाण्डेकाे हेलिकप्टर मार्फत उद्घार गरिएकाे छ ।
साेमबार घरकाे छतवाट लडेर घाइते भएका बालककाे बाजुरा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्घार गरि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएकाे छ ।
सुदुरपश्चिम प्रदेश अान्तरिक मामिला तथा कानुन मन्त्रालयकाे अार्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टर मार्फत बालककाे गरिएकाे अान्तरिक मामिला तथा कानुन माननीय प्रकाश शाहका निजि स्वकीय सचिव जंग विकले नागरिक रैबारलाई जानकारी दिएका छन् ।
घरकाे छतबाट लडेर घाईते भएका बालकलाई हेलिकप्टर मार्फत उद्घार गरि थप उपचारका लागि सहयाेग गरेकाेमा हिमाली गाउँपालिका ६ का स्थानीय तथा दलित अधिकारकर्मी गाेरख सार्कीले धन्यवाद व्यक्त गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु