नागरिक रैबार/ बाजुरा २७ माघ । जिल्लाकाे त्रिवेणी नगरपालिकाका मेयर रामसिह रावललाई पितृ शोक परेको छ। मेयर रावलका बुवा सर्पे रावलको ९२ वर्षको उमेरमा धनगढीमा निधन भएको हो।
लामो समयदेखि दमको समस्याले ग्रसित उनको आज बिहान ४ बजेतीर सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ।
रावलको आज गोदावरी आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु