होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने
समाचार

अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

  • नागरिक रैबार
अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

२३ भदौं, काठमाडौं । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने/बढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।

ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले दुखेको गर्ने गरेका थिए । राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ । राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर भने ६/६ महिनामा प्रकाशित गर्न निर्देशन दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार