होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो। प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ।
नागरिक रैबार/बाजुरा २४ माघ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा भोली माघ २५ गतेबाट सूरु हुन लागेको कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सवको उद्धाघाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गर्ने भएका छन् । माघ २५ देखि फागुन २ गते सम्म बुढीगंगा नगरपालिकाको फालासेनमा संचालन हुन लागेको उक्त महोत्सवको उद्धघाट्नका लागि मन्त्री […]
धनगढी, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले एमसिसी संसदबाट पास हुने दाबी गर्नुभएको छ । बिहिबार धनगढी पुग्नुभएका मन्त्री भट्टले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसिसी संसदबाट पास हुने दाबी गर्नुभएको हो । पार्टी भित्र बहस हुनु कुनै नौलो कुरो नभएको बताउदै मन्त्री भट्टले एमसीसीको बिषयमा अध्यन गर्न पार्टीले कार्यदल बनाएको बताउनुभयो । कार्यदलको सुझाब […]
एजेन्सी, २४ माघ । स्पेनी कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल म्याड्रिड क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल म्याड्रिड रियल सोसिडाडसंग पराजित भएका हुन् । बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । योसंगै लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने बार्सिलोनको सपना क्वार्टरफाईनलमै सिमित बन्यो […]
रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ । […]
अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। जिल्ला प्रहरी कार्यालय तथा […]