होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग
देश/प्रदेश

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

  • नागरिक रैबार
महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ ।

सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो ।

सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मङ्गलबार अलग–अलग भेटी सो ध्यानाकर्षण गराउनुभएको हो । सो पत्रमा गम्भीर प्रकृतिका घटनाको निष्पक्षरूपमा छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।

विज्ञापन

सो अवसरमा सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानून निर्माण, विद्यमान कानून संशोधनलगायत विषयमा गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई समितिको तर्फबाट निर्देश गरिसकिएको अवगत गराएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार