होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रैथाने बाली संरक्षणमा डोल्पाली महिला
समाचार

रैथाने बाली संरक्षणमा डोल्पाली महिला

  • नागरिक रैबार
रैथाने बाली संरक्षणमा डोल्पाली महिला

कैलाली ।कर्णाली प्रदेशको डोल्पा जिल्लाका महिलाहरु लोप हुन थालेको रैथाने बाली संरक्षण गर्न जुटेका छन् । जिल्लाको मुङ केचुला गाउँपालिका ७ सर्मिगाउँका महिलाहरु लोप हुन थालेको चिनो, फापर, कागुनो जस्ता रैथाने बालीको संरक्षण गर्न लागि परेका हुन् ।

उनीहरुले २० रोपनी जमिनमा चिनो, १० रोपनीमा फापर र १० रोपनीमा कागुनो खेती सुरु गरेका छन् ।
साथै परीक्षणका लागी ३ रोपनी जमिनमा टमाटर पनि लगाएको स्थानीय राधिका बुढाले जानकारी दिईन् । उनीहरुले २०७५ साल मंसिरबाट देउती महिला कृषक समुह गठन गरी रैथाने बाली संरक्षणमा जुटेको बताएका छन् ।
‘रैथाने बाली लोप हुदै गएको छ । त्यसलाई जोगाउन हामीले के गर्न सक्छौ भनेर मुडकेचुला गाउँपालिकाको कृर्षि ज्ञानकेन्द्र पुगेर सुझाब माग्यौ’बुढाले भनिन्‘ज्ञान केन्द्रका प्रमुख श्रबण कुमार बुढाले बिउ अनुदानमा दिने भनेपछि  खेती शरु गरेका हौं ।’  बजार र यातायतको कमि भएकाले आफ्नो उत्पादन स्थानीयस्तरमै खपत हुने बुढाले जानकारी दिइन । उनले उत्पादन गरेको कागुनो,फापरर चिनोलाई अन्यन्त्र निर्यात गर्न स्थानीय तहले पहल गरे सहज हुने महिलाहरुको भनाई छ ।

लोप हुन थालेको रैथाने बाली जोगाउन महिलाहरुले देखाएको उत्साह प्रशंसायोग्य रहेको र उत्पादित बस्तुले बजार पाउने आशामा रहेको कृर्षि ज्ञान केन्द्र डोल्पाका प्रमुख श्रबण कुमार बुढाले बताए ।उतm क्षेत्रका धेरै पुरुषहरु भारत र काठमाडौमा काम गर्न जाने गरेका छन भने घरमै बसेकाले स्याउ,मकै, आलु, सिमी खेतीमानिर्भर छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै