होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली करिडोर केही दिनमै चल्छ
समाचार

कर्णाली करिडोर केही दिनमै चल्छ

  • नागरिक रैबार
कर्णाली करिडोर केही दिनमै चल्छ
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–६ को काब्रीमा बर्षादमा आएको पहिरो हटाउँदै गरेको नेपाली सेनाको स्काईभेटर । फोटोः निमेन्द्र शाही बाजुरा

निमेन्द्र शाही । नेपाली सेनामार्फत निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यदलले बर्षादमा बाढी र पहिरोले बिगारेको सडक मर्मत गरेर हुम्लाको बालकुमासम्म गाडी संचालन गर्ने योजना बनाएको छ ।

पहिरोका कारण कालिकोट खण्डमा सबै भन्दा बढी क्षेती गरेको छ । कालिकोटको सान्नीघाटमा एक सय ४० मिटर बढी सडख कण्ड बगेको छ, घाटा पारी चौर देखी बाजुराको काब्री सम्मको पहिरो पन्छ्याएर आम्सीक रुपमा गाडी संचालन गर्ने तयारी गरेको हो ।

आर्थिक बर्ष २०६५-०६६ देखी ठेक्का प्रक्रियाबाट निर्माण आशा लाग्दो तरीकाले नभए पछि २०७१ साल चैत ५ गतेदेखी नेपाली सेनालाई जिम्मा दिएसँगै करिडोर निर्माण कार्यले बाजुराको भुभाग छिचोलेर हुम्लाको बालकुमारसम्म गाडी चल्न सुरु भएका छन् ।

विज्ञापन

यस सडको हुम्लाको सदरमुकाम सिमीकोट सम्मको लम्बाइ १ सय ९६ किलोमिटरमा ४० किलोमिटर कालीकोट खण्ड, ४४ किललोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ। नेपाली सेनाले हुम्लाको सर्केगाड गाउँपालिको सल्ली सल्ला सम्म निर्माणको जिम्मा पाएको छ । हाल सम्म उक्त सडको एक सय २२ किलोमिटर सडकमा ट्रयाक ओपन गरेको छ।

धनगढीबाट बाजुराको सदरमुकाम हुँदै हुम्ला जाने सडक साँफे मार्तडी सडक खण्डा हो भने सुर्खेत बाट कालिकोट हुँदै बाजुराको पुर्बत्तर क्षेत्र हुँदै हुँम्ला जाँने सडक कर्णली करिडोर हो।अछामको साँफेबगर बाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडी हुँदै हुम्ला जाँने सडकको धेरै क्षेत्रमा बाढी र पहिरोले बगाएको हुँदा कर्णाली करिडोरबाट स्थानीयले सेवा लिनपाउँने देखिन्छ ।

साँफे मार्तडी सडक खण्डमा रहेको सडकमा समेत सडक बिभागले काम शुरु गरेको छ तर बेलीब्रीज बगाएको र धेरै ठाउँमा बाटो बिग्रेका कारण अझै समय लाग्ने कुरा साँफे मार्तडी सडक डिभिजन कार्यालयका ईन्जिनीयर दमन बिष्टले बताए।

यो सडक भारतको रुपडिया नाँकाबाट सुरु भएर कालीकोट जिल्लाको खुलालु, लैफु, बाजुरा जिल्लाको गोत्री, जगन्नाथ, बाँधु र रुगिन गाबिस जोड्ने छ।, हुम्ला जिल्लाको मैला गाबिस बाट शरु भएर सिमिकोट हुँदै छिमेकी मित्र राष्ट्र चिनको तिब्बतसँग सिमाना जोडिएकाले यो सडक कर्णालीको विकासका लागि मेरुदण्ड हँुने हुम्ला ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए।

हुम्लाको सिमाना कवाडीमा बिश बर्ष देखी ब्यापार गरी रहेका बाजुरा हिमाली गाउँपालिका–४ रन्दीप बुढ्थापाले भनेः ‘कर्णालीलाई चिनसँग जोडन कर्णाली करिडोरको निर्माण कार्य पुरा गरी सरकारले नाका खोल्न सके लामो दुरी भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चिनबाट आयात गर्न सकिन्छ। यहाँका जनताले कमै मुल्यमा सामान पाउँने छन्।’

भौगोलिक बिकटता, मौसमी प्रतिकुलता, राजनीतिक अस्थिरता, कडा चट्टान आदीका कारण २०७१ साल चैत ५ गतेको मन्त्री परिषदको निर्णय अनुसार कर्णाली करिडोरलाई बिशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको थियो।

ईन्जिनीयर बिष्टले जडाङ्गाको बेलीब्रीजको बारेमा भनेः‘सडक बिभाग संग अर्को ठाउँका लागि खरीद गरीएको बेलीब्रीज ५० मिटर लामो रहेको र हाम्रो पुरानो बेलीब्रीज ४८ मिटरको थियो, सडक खोला सम्म पुग्ने बित्तीकै सेनाले जडानको काम गर्ने भएकाले चाँडो हुँन्छ तर मैसम बिग्रेन भने यही गतिमा काम गर्दा पुरानो बेलीब्रीज सम्म बाटो पुगाउँन मात्र २५ दिन लाग्ने छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार