होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नाम बदलेर अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ
समाचार

नाम बदलेर अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ

  • नागरिक रैबार
नाम बदलेर अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ

२२ भदौ, काठमाडौं । नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् ।

सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी रुद्र सुनारको नाममा भर्ना भएका थिए ।

विज्ञापन

सिन्धुली प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारसहितको समूहले १३ भदौमा तिनपाटन गाउँपालिकाको भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको अपहरण गरेको थियो ।

‘अपहरणमा संलग्न ७ जना त्यसबेलै पक्राउ परिसकेका थिए’, सिग्देलले अनलाइनखबरसँग भनिन्, ‘सुनुवार घटनापछि भागेर काठमाडौं पुगेका रहेछन् ।’ भाग्ने क्रममै उनको खुट्टा भाँचिएको र उपचारका लागि छद्म नामबाट भर्ना भएको पाइएको सिग्देलले सुनाइन् ।

उनका अनुसार सुनुवार केही अघि जिल्लामा स्काभेटर जलाएको घटनाका समेत आरोपित हुन् । उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा पेश गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार